अपडेट
गोरखा दुर्घटना : यी हुन् २१ जना घाइते (सूचीसहित)
मङ्गलबार, १७ भदौ २०८२, १० : ००
सारांश
- गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
- घाइतेमध्ये १७ जनाको आरुघाट अस्पतालमा उपचार भइरहेको छ, भने अन्यलाई रिफर गरिएको छ।
- दुर्घटना भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ मा भएको हो।
काठमाडौँ । गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ४ जनाको अन्यत्र रिफर गरिएको छ ।
उक्त अस्पतालका मेडिकल अधिकृत डा अमरेश कुमार मण्डलका अनुसार घाइतेमध्ये अवस्था सामान्य रहेका १७ जनाको उपचार भइरहेको छ । खुट्टा फ्याक्चर भएका, टाउकोमा चोट लागेकासहितका गम्भीर घाइतेलाई अरुघाटबाट अन्यत्र रिफर गरिएको उनको भनाइ छ ।
मंगलबार बिहान काठमाडौँबाट आरुघाटका लागि छुटेको बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको बस भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण