बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा दीपकराज र सन्तोषको जुहारी, लगाए गम्भीर आरोप

मङ्गलबार, १७ भदौ २०८२, १० : ०४
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • निर्माता तथा निर्देशक सन्तोष सेनले कलाकार दीपकराज गिरीको सोचमा पाप रहेको आरोप लगाए।
  • सेनले गिरीले दर्शकको भावनासँग खेलबाड गरेको आरोप लगाउँदै नकारात्मक कमेन्ट उनको समूहले गरेको प्रश्न गरे।
  • दीपकराज गिरीले सामाजिक सञ्जालमा स्टाटस लेखेपछि सेनले गिरीलाई गालीगलौजपूर्ण जवाफ फर्काए।

काठमाडौँ । निर्माता तथा निर्देशक सन्तोष सेनले कलाकार दीपकराज गिरीको सोचमै पाप रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो आरोप लगाएका हुन् । 

गिरीले सामाजिक सञ्जालमा विभिन्न कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गरेको आरोप सेनको छ । ‘दर्शककै मायाले तिमी आज यहाँसम्म आइपुगेका छौ । त्यसैले उनीहरूको भावनालाई कुल्चने अधिकार कसैलाई छैन’, सेन अगाडि भन्छन् ‘हाम्रो बलिदानको पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो ?’

गिरीले नाम उल्लेख नगरी सेन प्रति लक्षित गर्दै आफ्नो सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गरेपछि सन्तोष रुष्ट बनेका हुन् । ‘आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गरौँ !’, गिरीले भनेका थिए ‘आफ्नो हिरो बाघ ! अरूको स्याल ? याद गरौँ बाघ पनि जनावर नै हो ! ।’

गिरीको स्ट्याटस आफू प्रति भएको भन्दै सेनले गिरीको नाम नै उल्लेख गर्दै गालीगलौजपूर्ण लामो स्ट्याटस लेखका छन् । उनले लेखेका छन् :

कमेन्ट डिलिट गरेपछि पोस्ट गर्न बाध्य भए…

To Deepak Raj Giree तिम्रो सोचमै पाप छ…

कसैलाई कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गर्ने जुन तुच्छ सोच पालेको छौ, त्यो काम नगर..।

यी दर्शककै मायाले तिमी आज यहाँसम्म आइपुगेका छौ त्यसैले उनीहरूको भावनालाई कुल्चने अधिकार कसैलाई छैन..।

हाम्रो बलिदान को पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो..?

तिमीलाई हार स्वीकार्य छैन, त्यसैले हामीले ठुला चुनौतीहरू मोलेर सिर्जना गरेका कामलाई पचाउन नसक्नु तिम्रो कमजोरी हो..। दर्शकको भावनामा चोट पुर्‍याउँदै, फेक अकाउन्ट बनाएर घटिया कमेन्ट गर्ने अनि उल्टै हामीलाई आरोप लगाउने सोचले कहिल्यै कसैलाई अगाडि बढाउँदैन..।

कलाकार र सिर्जनाकर्ताहरू बिच प्रतिस्पर्धा हुनुपर्छ–तर त्यो सिर्जनामा, कामको गुणस्तरमा..।

कालीमाता र पशुपतिनाथको कसम खाएर भन्छु

मैले आजसम्म कहिल्यै अरूलाई गिराएर आफैँलाई अगाडि बढ्ने पापी सोच पालेको छैन..।

हामीले ३–४ वर्षदेखि दर्शकका लागि केही अर्थपूर्ण सिर्जना गर्न सकिन्छ कि भनेर लागिपरेका छौँ..।

कलालाई सम्मान गर, किनभने कलाकार र दर्शक बिना यो यात्रा अधुरो हुन्छ।

यदि वास्तवमै मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने,

मैले “बलिदान” को सुरुवात नै कालीमाताको चरण छोएर गरेको हु .. कालीमाता र पशुपतिनाथ समक्ष प्रार्थना गर्दछु

यसै क्षण मेरो जीवन अन्त्य होस्..।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप