पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा पर्यटक अलपत्र
सारांश
- भारी वर्षाका कारण ढोरपाटनमा पहिरो जाँदा सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ।
- सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुमेर फर्किने र जाने पर्यटक अलपत्र परेका छन्।
- ठूलो पहिरोका कारण सडक खुलाउन समय लाग्ने र स्थानीयलाई आवतजावतमा समस्या भएको छ।
बागलुङ । पहिराले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुमेर फर्किने र जाने पर्यटक अलपत्र परेका हुन् । सोमबार साँझ पहिराले अवरुद्ध बनेको सडक अहिलेसम्म खुलाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रमुख आनन्द बस्नेतले जानकारी दिए । पहिरो धेरै ठुलो हुँदा सडक खुलाउन समय लाग्ने उनको भनाइ छ ।
योबाहेक अरू वैकल्पिक सडक नहुँदा स्थानीयलाई समेत आवतजावतमा समस्या भएको बस्नेतले बताए । साँझ नै सडक खुलाउने प्रयास गरे पनि वर्षाका कारण नसकिएको उहाँको भनाइ छ । बिहानैदेखि सडक खुलाउन उपकरण प्रयोग गरेको उनले बताए ।
“पहिरो धेरै ठुलो गएको हुँदा सडक खुलाउन समस्या भएको छ, बिहानदेखि नै मेसिन प्रयोग गरिएको छ, अझै समय लाग्ने देखिन्छ, सडक अवरुद्ध हुँदा सबैभन्दा बढी पर्यटक समस्यामा परेका छन्”, उनले भने, “आवतजावत गर्नका लागि अरू वैकल्पिक सडक नहुँदा गाह्रो भयो ।” मौसम र सडकको अवस्था बुझेर मात्र ढोरपाटन घुम्न आउन पर्यटक प्रहरीले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण