नवप्रवेशीलाई राउतको उपहार
रुपन्देही–३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय
मङ्गलबार, १७ भदौ २०८२, १३ : ०६
सारांश
- जनमत पार्टीले रुपन्देही क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
- पार्टीका राष्ट्रिय सचिव भूपेन्द्र यादवले बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए।
- चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका थिए र हालै जनमत पार्टीमा प्रवेश गरेका हुन्।
बुटवल । जनमत पार्टीले रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
जनमत पार्टीका राष्ट्रिय सचिव भूपेन्द्र यादवले पार्टीको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए।
रुपन्देही सियारी गाउँपालिका निवासी चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए।
केही समयअघि उनी नागरिक उन्मुक्ति पार्टी छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए। चौधरीलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले रुपन्देही आगमनका क्रममा पार्टी प्रवेश गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण