सिरहाको लहानमा आमा छोरा मृत फेला
सारांश
- सिरहाको लहानमा आमा र छोरा मृत अवस्थामा फेला परेका छन्, अर्को छोरा गम्भीर अवस्थामा अस्पतालमा छन्।
- प्रारम्भिक अनुसन्धान अनुसार आमाले छोराहरूलाई विष खुवाएर आत्महत्या गरेको आशंका गरिएको छ।
- मृतकका श्रीमान् केही दिनदेखि सम्पर्कमा नरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सिरहा । सिरहाको लहान नगरपालिका १ मटियर्वामा आमा छोरा मृत अवस्थामा फेला परेका छन्।
लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा घर भाडा लिएर बस्दै आएका प्रवीण चौधरीको २३ वर्षीय श्रीमती रञ्जिता चौधरी र ५ वर्षीय छोरा एरोज चौधरी मंगलबार घरभित्रै मृत भेटिएका हुन् ।
सँगै रहेका अर्का ९ महिनाको छोरा भने गम्भीर अवस्थामा फेला परेका छन्। उनको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।
रञ्जिताले दुवै छोरालाई विष ख्वाएर आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी कैलाश राईले जानकारी दिए।
उनले भने, ‘शवको प्रकृति हेर्दा रञ्जिताले दुवै छोराहरूलाई विष सेवन गराएर आफूले पनि आत्महत्या गरेको जस्तो देखिन्छ। बाँकी पोस्टमार्टम र अनुसन्धानबाट खुल्दै जाने छ।’
घरमा चहलपहल नदेखेपछि स्थानीयले खुला रहेको झ्यालबाट भित्र हेर्दा रञ्जिता झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
श्रीमान् प्रवीण चौधरी भने ३–४ दिन देखि डेरामा नआएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले बताएको । उनी अझै सम्पर्कमा आएका छैनन्।
शवबाट गन्ध आउन थालेकाले हिजो नै घटना भएको हुने सक्ने डीएसी राईले जानकारी दिए।
प्रवीण र रञ्जिता विगत २ वर्षदेखि घर छोडेर लहान बजारमा बस्दै अदै आएको लहान १२ का वडा अध्यक्ष बद्रीनारायण चौधरीले जानकारी दिए। उनले भने, ‘मसँग पनि विस्तृत जानकारी छैन। तर उनी करिब २ वर्ष देखि लहानमा बस्दै आएको भन्ने जानकारी पाएको छु।’
प्रवीण भने लहान बजारमै ज्याला मजदुरीको काम गर्ने गरेको बताइन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण