७ दिनमा २३१ नयाँ डेंगु सङ्क्रमित थपिए
सारांश
- पछिल्ला दिनहरूमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ, जसले गर्दा सात दिनमा २३१ नयाँ सङ्क्रमित थपिएका छन्।
- हालसम्म डेंगुबाट २ जनाको मृत्यु भएको छ भने देशभर डेंगुका सङ्क्रमितको संख्या ३ हजार ७ सय ४० पुगेको छ।
- स्वास्थ्य मन्त्रालयले डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, पानी जम्ने ठाउँ सफा राख्न र लार्भा नष्ट गर्न आग्रह गरेको छ।
काठमाडौँ । पछिल्ला दिनमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ । सात दिनको अवधिमा मात्रै २ सय ३१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्लो गएका २४ घण्टामा ३७ जनामा डेंगु पुष्टि भएको छ । हालसम्म डेंगुबाट २ जनाको मृत्यु भएको छ ।
देशका ७४ जिल्लामा डेंगुको सङ्क्रमण देखिएको दिएको छ । देशभर डेंगुका सङ्क्रमितको संख्या ३ हजार ७ सय ४० पुगेको छ ।
ईडीसीडीको आंकडामा सात प्रदेश मध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा सङ्क्रमित पुष्टि भएको छ । गण्डकी प्रदेश १ हजार २८, बागमती प्रदेश ७८३, लुम्बिनी प्रदेश ६४९ र कोशी प्रदेश ६२७ सङ्क्रमित पुगेका छन् । पछिल्लो सात दिनमा भने बागमती प्रदेशमा ५५, गण्डकीमा ५०, कर्णालीमा ४१ र लुम्बिनीमा ३६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिन, पानी जम्ने ठाउँहरू (जस्तै गमला, टायर, खाली भाँडाकुँडा) सफा राख्न र लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक छ ।
ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने जस्ता डेंगुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह लिन मन्त्रालयले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण