अपहरण गरेर बन्धक बनाएको आरोपमा फुटुङबाट तीन जना पक्राउ
काठमाडौँ । काठमाडौंको तार्केश्वर नगरपालिकास्थित फुटुङबाट एक जनालाई अपहरण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तार्केश्वर–१ घर भएका विराट सिंह लवट ‘मगल दास’, सोही ठाउँका ४४ वर्षीय राज लवट खत्री र तार्केश्वर वडा नम्बर–७ घर भएका ३९ वर्षीय सन्तोष महर्जन छन् ।
आरोपीहरूले सोमबार मध्याह्न तार्केश्वर–७ फुटुङ घर भएका राजु पण्डितलाई अपहरण गरेका हुन् । घटनाको सूचना प्राप्त भएको दुई घण्टापछि पीडितलाई उद्धार गरिएको प्रहरी वृत्त बालाजुका डीएसपी ज्ञान बहादुर विष्टले रातोपाटीलाई जानकारी दिए ।
जग्गा कारोबारको लेनदेन विवादमा आरोपीहरूले पण्डितलाई अपहरण गरेर २ करोड २३ लाखको चेक काटेको भेटिएको छ । पीडितलाई फुटुङ चोकबाट लगेर मंगल दासको घरमा राखेर बन्धक बनाएको र चेक काट्न लगाएको डीएसपी विष्टले बताए । चेकमा पीडितले हस्ताक्षर गरेका छैनन् ।
मंगल दासले पीडितसँग ६३ लाख लिनुपर्ने र सो रकम नदिएपछि अपहरण गरेको अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण