‘माग्ने राजा’को अहिलेसम्मको आम्दानी कति ?
बुधबार, १८ भदौ २०८२, ११ : ५१
सारांश
- फिल्म 'माग्ने राजा' ले रिलिजको १२ दिनमा ४ करोडभन्दा बढीको व्यापार गरेको छ।
- वितरक रोहित कट्टेलका अनुसार फिल्मले ४ करोड ६१ लाख ग्रस कलेक्सन गरेको छ।
- यो फिल्म ऋषि लामिछाने द्वारा निर्देशित हो, जसमा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी लगायतका कलाकारहरू छन्।
काठमाडौँ । भदौको ६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘माग्ने राजा’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ ।
फिल्मले रिलिजको १२ औँ दिनसम्म आइपुग्दा बक्स अफिसमा ४ करोड माथिको व्यापार गरेको हो । फिल्मको चलचित्र विकास बोर्डको बक्सअफिसमा ४ करोड ९ लाख ग्रस गरेको देखाएको छ ।
तर, वितरक रोहित कट्टेलले भने फिल्मले ४ करोड ६१ लाखको ग्रस कलेक्सन फिल्मले गरेको बताए । ‘विकास बोर्डको बक्स अफिसमा व्यावसायिक आँकडा किन मिल्दैन त्यो म भन्न सक्दिन’, वितरक कट्टेलले भने ‘फिल्मले ४ करोड ६१ लाख ग्रस कलेक्सन गरेको छ ।’
फिल्मले यो साता नै ५ करोडको आँकडा छुने अनुमान कट्टेलको रहेको छ ।
ऋषि लामिछाने निर्देशित फिल्म मुनाल घिमिरेको निर्माण गरेका हुन् । फिल्ममा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई लगायतका कलाकारहरूको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण