कुर्स्कमा उत्तर कोरियाली सैनिक बहादुरीपूर्वक लडे : पुटिन
बुधबार, १८ भदौ २०८२, १२ : ०५
सारांश
- रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच चीनमा द्विपक्षीय बैठक सुरु भयो।
- पुटिनले उत्तर कोरियाली सेनाले कुर्स्क क्षेत्र मुक्त गर्न मद्दत गरेको बताए, सम्बन्ध मैत्रीपूर्ण रहेको उल्लेख गरे।
- बैठक दियाओयुताई स्टेट गेस्टहाउसमा भएको थियो, जहाँ विदेशी राष्ट्र प्रमुखहरूको स्वागत गरिन्छ।
बेइजिङ । चीनको भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबिच द्विपक्षीय बैठक सुरु भएको छ । बैठकमा पुटिनले किम जोङ उनलाई उनीहरूको सम्बन्ध मैत्रीपूर्ण रहेको बताए । उत्तर कोरियाली सेनाले कुर्स्क क्षेत्रलाई मुक्त गर्न मद्दत गरेको उनको भनाइ थियो ।
‘उत्तर कोरियाली सैनिकहरूले त्यहाँ बहादुरीपूर्वक लडे’ पुटिनले किमलाई भने । यो बैठक दियाओयुताई स्टेट गेस्टहाउसमा भइरहेको छ । चीन भ्रमणका क्रममा पुगेका विदेशी राष्ट्र प्रमुखहरूलाई यही गेस्ट हाउसमा स्वागत गरिन्छ ।
यसअघि पुटिन र किमले बचीनको विजय दिवस परेडको क्रममा पनि एक अर्कालाई भेटेका थिए । यी दुई नेताहरूसँग चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण