बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फ्री ट्रान्सफरमा 'मास्टर माइन्ड' रियल मड्रिड

बुधबार, १८ भदौ २०८२, १५ : २५
बुधबार, १८ भदौ २०८२

सारांश

  • प्रिमियर लिगका क्लबहरूले खेलाडी खरिदमा ठूलो रकम खर्च गर्दा रियल मड्रिडले सित्तैमा उत्कृष्ट खेलाडीहरू अनुबन्ध गरेको छ।
  • रियल म्याड्रिडले डेभिड अलाबा, एन्टोनियो रुडिगर, किलियान एम्बाप्पे र ट्रेन्ट अलेक्जेन्डर-आर्नोल्डलाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्‍यो।
  • ला लिगाका विश्लेषकका अनुसार रियल म्याड्रिडले खेलाडीलाई आकर्षित गर्न सफल हुनुको कारण उसको ट्रफी जित्ने इतिहास र प्रतिष्ठा हो।

काठमाडौँ । ‘जीवनका राम्रा चिजहरू सित्तैमा पनि पाइन्छन्’ भन्ने भनाइ प्रिमियर लिगका २० क्लबलाई ला लिगाका क्लबहरूले देखाएका छन् । जहाँ प्रिमियर लिगका २० क्लबले यस समर ट्रान्सफरमा ३ दशमलव १ बिलियन पाउन्ड खेलाडी किन्नमा मात्र खर्च गरे । अर्थात् ठुलो उनीहरूले ठुलो रकम खेलाडी भित्र्याउनमै सके । 

प्रिमियर लिगको लोकप्रियता र नाफा बढेसँगै यसमा प्रतिस्पर्धा गर्ने क्लबहरूलाई दिइने रकम युरोपका अन्य क्लबको तुलनामा धेरै बढी छ । 

तर स्पेनी क्लब रियल मड्रिडले यो समरमा फेरि एकपटक 'पैसाले मात्र सबै कुरा किन्नु पर्दैन' भन्ने प्रमाणित गरेको छ । कुनै पनि मूल्य नतिरी वा एकदमै कम मूल्यमा विश्वस्तरीय खेलाडीहरू भित्र्याउने कुरामा स्पेनिस क्लबहरू अरूभन्दा धेरै अगाडि छन् । 

रियलले लिभरपुलबाट इंग्लिस खेलाडी ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्डलाई जुनमा १० मिलियन युरो (८.४ मिलियन पाउण्ड) मा अनुबन्ध गर्दा क्लब वर्ल्ड कपमा खेल्नका लागि समयमै दर्ता गर्न हतार भएकाले मात्र शुल्क तिरेको थियो । त्यो अनुबन्धले रियलले पाँच वर्षमा चौथो पटक फ्री ट्रान्सफरमा खेलाडी अनुबन्ध गर्ने अवसर पायो । रियलले सन् २०२१ मा डेभिड अलाबा, २०२२ मा एन्टोनियो रुडिगर, २०२४ मा किलियान एम्बाप्पे र एलेक्जेन्डर–आर्नोल्डलाई २०२५ मा अनुबन्ध गरेको थियो । जसलाई रियलले चाहेको केही समय पर्खेर फ्री ट्रान्फरमा भित्राउन सक्ने थियो । 

खेलाडी ट्रान्सफरमा रियल प्रभावशाली यसकारण छ कि, उसले बायर्न म्युनिख, चेल्सी, पेरिस सेन्ट–जर्मेन (पीएसजी) र लिभरपुलजस्ता आफ्ना ठुला युरोपेली प्रतिद्वन्द्वीहरूबाट यी खेलाडीहरू लिएको छ । 

ला लिगाका विश्लेषक फिल किट्रोमिलिड्सले बीबीसी स्पोर्टसँगको कुराकानीमा भनेका छन् – स्पेनको ३६ पटकको च्याम्पियनले टिममा बोलाएपछि त्यसलाई बेवास्ता गर्न कुनै पनि खेलाडीले असम्भव छ । रियलले यी खेलाडीहरूलाई सित्तैमा अनुबन्ध गर्नु अचम्मको कुरा होइन, तर चाखलाग्दो कुरा के छ भने; प्रायः खेलाडीहरूलाई थाहा हुन्छ कि ला लिगाले उनीहरूलाई किन्न सक्दैन वा चाहेको मूल्य तिर्न इच्छुक छैन । 

यद्यपि, उनीहरू रियल म्याड्रिडमा अनुबन्ध हुन यति उत्सुक हुन्छन् कि; उनीहरूले आफ्नो सम्झौताको अन्तिम वर्षसम्म कुर्न तयार हुन्छन् । 

रियलसँग मुख्य ट्रफीहरू जित्ने लामो इतिहास छ र फ्री ट्रान्सफर खेलाडी भित्र्याउन पनि रियल अब्बल छ । सन् १९८८ मा जर्मनका फुटबलर बन्ड शस्टरले बार्सिलोना छोडेर बर्नाबेउमा खेल्न थालेका थिए । यसमा स्टीव म्याकमानमान, माइकल लाउडचगउ र फर्नान्डो मोरिन्टेसजस्ता केही अन्य नामहरू पनि छन्, जो फ्री ट्रान्सफरमा रियल आएका थिए । 

‘रियल दोस्रो हुनु भनेको केही पनि नहुनु हो । क्लबले हरेक पटक ट्रफीको लक्ष्य राखेको हुन्छ, त्यसैले नै टिमलाई बलियो बनाएको हो,’  किट्रोमिलिड्स भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप