दुर्गा प्रसाईंले बोलाए केन्द्रीय भेला
काठमाडौँ । 'राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान' नेपालका संयोजक दुर्गा प्रसाईंले केन्द्रीय भेला बोलाएका छन् ।
अभियानको स्थापनाकालदेखि वर्तमानसम्म विभिन्न तह र जिम्मेवारीमा रहेर सक्रिय योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई समेटेर भेला गर्न लागिएको उनले बताए । भेला भदौ २० र २१ गते हुने उनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेलामा संस्थापक सदस्यहरू, वडा अध्यक्षहरू, पालिका अध्यक्षहरू, जिल्ला अध्यक्ष तथा सचिवहरू, अञ्चल अध्यक्ष तथा सचिवहरू, विभागीय समितिका प्रमुखहरू, केन्द्रीय सदस्यहरू, सचिवालय सदस्यहरू तथा सल्लाहकार समितिका सदस्यहरूलाई अनिवार्य उपस्थित हुन उनले आह्वान गरेका छन् ।
प्रसाईंका अनुसार भेला १०ः ३० बजे भक्तपुरमा हुनेछ । चैत १५ गते तीन कुनेमा भएको राजावादी आन्दोलनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनी केही अघिमात्र रिहा भएका थिए । रिहापछि उनले आफ्नै नेतृत्वमा दल खोल्ने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण