बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

दूध किसानको आन्दोलन रोकियो, कात्तिक मसान्तसम्म भुक्तानीको सहमति

बुधबार, १८ भदौ २०८२, १६ : ३५
बुधबार, १८ भदौ २०८२

सारांश

  • दूध किसानहरुले भुक्तानीको माग गर्दै गरेको आन्दोलन रोकियो।
  • सरकार र आन्दोलनरत किसानहरुबीच कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भयो।
  • डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ लगायतका संस्थाहरुले आन्दोलन गरेका थिए।

काठमाडौँ । दूध किसानहरूले सुरु गरेको आन्दोलन रोकिएको छ । बुधबार आन्दोलनरत सङ्घ संस्था र सरकारबिच कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन रोकिएको हो ।

केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार मसान्त सम्मको २०८२ आश्विन ५ गते भित्र गर्ने र साउन मसान्त सम्मको बाँकी बक्यौता रकम २०८२ आश्विन ३० गतेभित्र गरी भदौ मसान्त सम्मको बाँकी बक्यौता रकम कार्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएको छ ।  

त्यस्तै हाल दुग्ध उत्पादक सहकारी सङ्घ–संस्थाहरुबाट लिइरहेको दूधको परिमाण नघटाई निरन्तर दूध लिने दिने सहमति समेत भएको छ भने सरकारले तोकेको कृषकको दूधको न्यूनतम खरिद मूल्यमा देशैभरका उद्योगहरूबाट दूध खरिद गर्ने गराउने सहमति भएको छ ।

541127924_1459025695415474_8975221921258091209_n541438644_1308060220984459_4644520285044667300_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप