'जारी-२' काे नयाँ गीत 'अम्लारी फूल' सार्वजनिक
सारांश
- चलचित्र 'जारी-२: सङ अफ च्याब्रुङ' को नयाँ गीत 'अम्लारी फूल' सार्वजनिक गरिएको छ।
- सुशान्त गौतमको संगीत, सुष्मा सिग्देलको शब्द, अभिज्ञा घिमिरे र विकास लिम्बुको स्वर रहेको छ।
- दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ र यो २०८० को ब्लकबस्टर 'जारी' फिल्मको सिक्वेल हो।
काठमाडौँ । असोज ३ गते रिलिज हुने 'जारी-२: सङ अफ च्याब्रुङ’काे नयाँ गीत 'अम्लारी फूल' सार्वजनिक गरिएको छ । सुशान्त गौतमको सङ्गीत रहेको गीतमा सुष्मा सिग्देलका शब्द, अभिज्ञा घिमिरे र विकास लिम्बुको स्वर छ ।
पालम, हाकपारे र ख्यालीमा दयाहाङ र याशेली योङहाङको क्रेडिट छ । उपेन्द्र सुब्बाकाे लेखक तथा निर्देशन रहेकाे फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा याे निर्माण भएको हाे ।
‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर फिल्म हो। सो वर्ष फिल्मले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो फिल्मलाई प्रतीक्षित फिल्मको सूचीमा राखिएको छ।
फिल्मले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण