बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

बिहीबार, १९ भदौ २०८२, १२ : ३६
बिहीबार, १९ भदौ २०८२

सारांश

  • माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु भएको छ।
  • बैठकमा समसामयिक राजनीति र स्थायी समितिको निर्णय कार्यान्वयनबारे छलफल हुँदैछ।
  • पटक पटक स्थगित भएको बैठकमा उपसभामुखलाई पदमुक्त गर्न हस्ताक्षर अभियान चलेपछि स्थगित भएको थियो।

काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । 

समसामयिक राजनीति, स्थायी समितिको निर्णय कार्यान्वयन लगायत एजेन्डामा छलफल भइरहेको उपमहासचिव हरिबोल गजुरेलले बताए । 

यसअघि स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ ३ गते बैठक बोलाएका थिए ।  तर, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर अभियान चलाएपछि बैठक छोटो समय बसेर स्थगित भएको थियो । 

त्यसपछि भदौ ६ र ८ गते बोलाएको बैठक पनि प्रचण्डले कार्यव्यस्ततालाई कारण देखाउँदै स्थगित गरे । गत साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले पार्टीभित्रको गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप