शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

जीएसआई प्रस्तावबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ

बिहीबार, १९ भदौ २०८२, १३ : २०
बिहीबार, १९ भदौ २०८२

सारांश

  • राप्रपा सांसद धवलशमशेर राणाले चीनको जीएसआईबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए।
  • सांसद राणाले जीएसआई प्रस्तावमा नेपाल सहमत भएको विषय उठेको भन्दै प्रश्न गरे।
  • राणाले संसदमा जीएसआईबारे प्रधानमन्त्रीको जवाफ आवश्यक रहेको बताए।

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय बाहिर आएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ दिनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद जबराले जीएसआईका सन्दर्भमा प्रधानमन्त्रीले सदनमा आएर के भएको हो जवाफ दिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई)मा सहभागी भएको कुराहरू आएको छ । यदि यस्तो भएको छ भने नेपालको नीतिभन्दा फरक हो । यदि हामीले यो नीतिअनुसार अघि बढ्यौँ भने यसले भोलिको दिनमा नेपालको सुरक्षाको लागि पनि गम्भीर हो । यसबारेमा प्रधानमन्त्रीज्यूले सदनमा स्पष्ट रुपमा जानकारी दिनुपर्छ ।’

उनले विद्यालय शिक्षा ऐनप्रति असहमति जनाउँदै आन्दोलनरत निजी विद्यालयका मागहरूमा समेत समर्थन जनाए । ‘अर्को कुरा निजी विद्यालयहरूको संस्था प्याब्सनले उठाएका मागहरू जायज छन् । नेपालका निजी विद्यालयहरूले देश र विद्यार्थीहरूलाई ठुलो योगदान गरिरहेका छन् । यो छात्रवृत्ति दिने कुरामा कुनै समस्या होइन । तर बाहिरबाट किनेर ल्याउने कुराहरू किनेर ल्याउन सक्दैनन् । निजी स्कुलहरूलाई गैरनाफामुखी बनाउने कुरा स्वीकार्य छैन,’ उनले भने ।

सरकारले भने चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई)मा नेपालले कुनै किसिमको सहमति नगरेको जिकिर गरेको छ । चीनको थियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिचको भेटवार्तामा जीएसआईमा नेपालले सहमति जनाएको भनेर सार्वजनिक भएका समाचार आधारहीन भएको सरकारको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप