आरएस रिसोर्ट महिला लिगमा छनोट
बिहीबार, १९ भदौ २०८२, १३ : ५२
सारांश
- आरएस रिसोर्ट एन्ड बिच फुटबल एन्फा महिला लिगमा छनोट भएको छ।
- बिहीबार स्टुडेन्स् फुटबल क्लबलाई ४–१ ले हराउँदै महिला लिगमा स्थान पक्का गरेको हो।
- समूह 'ए' मा आरएसले ६ खेलबाट १५ अंक जोडेर शीर्ष स्थान हासिल गरेको छ।
काठमाडौँ । आरएस रिसोर्ट एन्ड बिच फुटबल एन्फा महिला लिगमा छनोट भएको छ । बिहीबार महिला लिग छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा स्टुडेन्स् फुटबल क्लबलाई ४–१ ले हराउँदै महिला लिगमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
यो नतिजासँगै समूह ‘ए’ मा को शीर्ष स्थानमा उक्लिएको छ । आरएसले ६ खेलबाट १५ अंक जोडेको छ । यता ६ खेल नै खेलेको राप्ति एफसी १३ अंकसहित दोस्रो स्थानमा छ । चर्च ब्वाइजको भने १३ अंक छ ।
हरेक समूहबाट विजेता र उपविजेता गरेर दुई टोली सिधै महिला लिगमा छनोट हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण