‘सैन्य परेडमा सहभागिताले नेपालले लिँदै आएको पञ्चशीलको विरोध भएन ?’
बिहीबार, १९ भदौ २०८२, १४ : ०५
सारांश
- सांसद राजेन्द्र पाण्डेले चीनको जीएसआई प्रस्तावमा प्रधानमन्त्रीको जवाफको माग गरे।
- उनले चीनको सैन्य परेडमा प्रधानमन्त्रीको सहभागिताले पञ्चशीलको विरोध भयो कि भएन भनी प्रश्न गरे।
- सांसद पाण्डेले लिपुलेक हुँदै सीमा व्यापार गर्ने सहमतिबारे प्रधानमन्त्रीले कुरा राख्नुपर्ने बताए।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले चीनको ग्लोबल सेक्युरिटी इनिसीएटीभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद पाण्डेले जीएसआई प्रस्तावमा नेपालका विषयमा प्रस्ट हुन जरुरी रहेकोले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका हुन् ।
‘चीनको सैन्य परेडमा प्रधानमन्त्रीको सहभागिताले नेपालले लिँदै आएको पञ्चशीलको विरोध भएन ?,’ उनले प्रश्न गरे । त्यस्तै सांसद पाण्डेले लिपुलेक हुँदै सीमा व्यापार गर्ने गरी भारत र चीनबिच भएको हालैको सहमतिबारे भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले कुरा राख्नुपर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण