बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेतो पुतलीबाट सचेत रहन आग्रह

बिहीबार, १९ भदौ २०८२, १४ : २१
बिहीबार, १९ भदौ २०८२

सारांश

  • शापू एक दृष्टिनाशक रोग हो, जुन विशेष गरी मध्य पहाडी भेगमा भदौदेखि मंसिरसम्म महामारीको रूपमा देखिन्छ।
  • यो रोगको लक्षण देखिए २४-४८ घण्टाभित्र उपचार नपाए आँखाको दृष्टि गुम्न सक्छ, र बालबालिकामा यो रोग बढी देखिन्छ ।
  • सेतो पुतलीलाई शापूको कारक मानिन्छ, तर अन्य जीवाणु र विषाणुले पनि यो रोग लाग्न सक्छ, र रोकथामका लागि सावधानी अपनाउनुपर्छ।

काठमाडौँ । शापू एक दृष्टिनाशक रोग हो । प्राय वर्षायाम पछि भदौदेखि मंसिर महिनासम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रूपमा देखिने गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो रोगको लक्षणहरू देखा परेको २४ देखि ४८ घण्टाभित्र उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो सबै उमेरमा देखिन्छ विशेषगरी बालबालिकामा बढी देखिन्छ । 

शापू रोग के कारणले लाग्छ ?

हालसम्म सेतो पुतली (मोथ) लाई शापूको कारक मानिएको छ, तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ । 

शापू रोगका लक्षणहरू के–के हुन् ?

– एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु

 –उज्यालोमा हेर्न नसक्नु

 –आँखा दुख्नु

– उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु

 –आँखाको दृष्टिमा तत्कालै कमी हुनु 

शापूको रोकथामका कसरी गर्ने ?

     –सेतो पुतलीको संसर्गबाट टाढै रहने

     –धेरै उज्यालो सेतो बत्ती नबाल्ने

     –साँझ र राती झ्याल ढोका बन्द गर्ने

     –सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने

     –सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने 

समयमै उपचार भएमा यो रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको  दृष्टि गुम्न  वा आँखा सुकेर जान सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप