अफगानिस्तानमा फेरि भूकम्प
काबुल । अफगानिस्तानमा विनाशकारी भूकम्पपछि निरन्तर पराकम्प गइरहेका छन् । बिहीबार बिहान १०ः४० मा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले एउटा विज्ञप्तिमा भनेको छ । भूकम्प जमिनबाट १३५ किलोमिटर गहिराइमा गएको थियो ।
यसअघि बुधबार राति १० किलोमिटर गहिराइमा भूकम्प रेकर्ड गरिएको थियो । यसले परकम्पको जोखिम बढाएको बताइएको छ । बुधबार राति २३ः५३ बजे १० किलोमिटर गहिराइमा कम्पन महसुस गरिएको थियो ।
विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले अफगानिस्तानको भूकम्प प्रभावित कुनार र नान्गारहार प्रान्तहरूमा आपतकालीन सहायता पठाएको थियो ।
अगष्ट ३१ मा गएको भुकम्पमा त्यहाा १ हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने ३ हजारभन्दा धेरै घाइते भएका थिए । प्रारम्भिक सहायता सामग्रीमा खाद्य वस्तुहरू र हाई एनर्जी बिस्कुटहरू पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण