बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकी सेनाद्वारा नेपाली सेनालाई दुई वटा स्काई ट्रक हस्तान्तरण

बिहीबार, १९ भदौ २०८२, १५ : २३
बिहीबार, १९ भदौ २०८२

सारांश

  • अमेरिकाले वैदेशिक सहायताअन्तर्गत नेपाली सेनालाई दुई वटा एम२८ स्काई ट्रक अनुदानमा दिएको छ।
  • जसमध्ये एयर एम्बुलेन्स र स्काई ट्रक १-१ वटा रहेको नेपाली सेनाले जनाएको छ।
  • विमान हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री र रक्षा मन्त्रीको उपस्थिति थियो।

काठमाडौँ । वैदेशिक सहायता कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाली सेनालाई दुई वटा एम२८ स्काई ट्रक पूर्ण अनुदान स्वरूप सहयोग गरेको छ।  यसमा एयर एम्बुलेन्स र स्काई ट्रक १-१ वटा रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

गौचरस्थित मध्य एयर वेसमा आयोजित विशेष कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा प्रमुख अतिथि तथा रक्षा मन्त्री मानवीर राईको समुपस्थितिमा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले प्रधान सेनापति अशोक राज सिग्देललाई विमान हस्तान्तरण गरे। यी स्काई ट्रकहरू सैनिक प्रयोजनसँगै विपद् व्यवस्थापन र आपतकालीन उद्धार कार्यमा प्रयोग गरिने छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप