चलचित्र ‘परालको आगो’ को शुभमुहूर्त, भदौ २६ गतेदेखि छायाङ्कन
बिहीबार, १९ भदौ २०८२, १५ : ४०
काठमाडौँ । चलचित्र ‘परालको आगो’ को शुभमुहूर्त गरिएको छ । कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित चलचित्रको स्क्रिप्ट पूजा गर्दै बिहीबार शुभमुहूर्त गरिएको हो ।
यही भदौ २६ गतेदेखि छायाङ्कन हुने चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी, रेणु न्यौपानेलगायतको अभियान रहने छ ।
उनीहरुले चलचित्रका लागि वर्कसप समेत गरेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने लेखक सुशील देवकोटा रहेका छन् ।
चलचित्रको निर्देशन लक्ष्मण सुनारले गर्दै छन् । चलचित्रको छायाङ्कन सङ्कल्प भुजेलले गर्नेछन् । अन्य प्राविधिक टिममा रामजी लामिछाने (नृत्य निर्देशन), सुलक्षण भारती (स्क्रिप्ट डक्टरिङ), सुशील देवकोटा (लेखन) र नगेन्द्र घिमिरे (प्रोडक्सन म्यानेजर) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण