अपडेट
सुनको मूल्य तोलाकै २ लाख १० हजार नाघ्यो
शुक्रबार, २० भदौ २०८२, १५ : ४६
सारांश
- शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ।
- पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ, जुन अहिलेसम्मकै उच्च हो।
- चाँदीको मूल्यमा पनि वृद्धि भएको छ, आज प्रतितोला २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ । पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले बढ्दै आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो ।
यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण