पैगम्बर जन्मोत्सवमा झापाका पाँच पालिकामा बिदा
शुक्रबार, २० भदौ २०८२, १२ : २९
सारांश
- झापाका पाँच पालिकाले पैगम्बर हजरत मोहम्मदको जन्मोत्सवको अवसरमा स्थानीय बिदा दिएका छन्।
- मुस्लिम समुदायले पैगम्बर हजरतको १५०० औँ जन्मोत्सव मनाउँदै बिहानैदेखि बजार परिक्रमा गरेका छन्।
- मेचीनगर र भद्रपुर नगरपालिका लगायतका क्षेत्रमा बिदा दिइएको छ।
झापा । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मोत्सवका अवसरमा आज जिल्लाका पाँच पालिकाले स्थानीय बिदा दिएका छन् ।
पैगम्बर हजरतको आज १५०० औँ जन्मोत्सव हो । मुस्लिम समुदायको बसोबास रहेका यहाँका मेचीनगर र भद्रपुर नगरपालिका तथा कचनकव, बाह्रदशी र झापा गाउँपालिकाले बिदा दिएको नेपाल मुस्लिम सङ्घका केन्द्रीय सदस्य अमिन अलीले जानकारी दिए ।
आज बिहानदेखि नै मुस्लिम समुदाय स्थानीय क्षेत्रका मस्जिदमा भेला भएर पैगम्बर हजरतको जन्मोत्सव लेखिएको ब्यानर र प्लेकार्डसहित बजार परिक्रमा गरेर उत्सव मनाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण