एमाले सरकार हाई–हाई हुँदा भिजिट भिसाको हल्ला चलाइयो : ओली
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको लोकप्रियता बढ्दा बदनाम गर्न खोजिएको आरोप लगाए।
- ओलीले भिजिट भिसामा मान्छे लाने हल्ला निराधार र कपोलकल्पित भएको बताए।
- उनले पार्टी कार्यकर्ता र आम जनतालाई भ्रममा नपर्न आग्रह गरे।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार लोकप्रिय हुँदा त्यसलाई बदनाम गर्नका लागि भिजिट भिसामा मान्छे लाने जस्ता हल्ला चलाइएको आरोप लगाएका छन् । ललितपुरमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पार्टीको शक्ति र लोकप्रियता बढ्दा केही शक्तिहरूले त्यसलाई कमजोर पार्न विभिन्न किसिमका षड्यन्त्र र गलत प्रचारबाजी गरेको बताए ।
‘हाम्रो सरकारको लोकप्रियता बढेपछि, देश अगाडि बढ्न थालेपछि, हाम्रा कामकारबाहीहरू राम्रा हुन थालेपछि, कसैलाई मन नपरेर होला, भिजिट भिसामा मान्छे लाने भनेर हल्ला चलाइयो,’ ओलीले भने ।
उनले यो प्रचारलाई पूर्ण रूपमा निराधार र कपोलकल्पित भन्दै यसको पछाडि पार्टीलाई कमजोर पार्ने र जनतामा भ्रम फैलाउने नियत रहेको बताए । ‘यस्ता कुराहरूमा विश्वास नगर्न म सबै पार्टी कार्यकर्ताहरू र आम जनतालाई आग्रह गर्दछु,’ उनले थपे, ‘हामी कसैको पनि राष्ट्रिय हित र सार्वभौमिकतामाथि आँच आउने काम गर्दैनौँ, न त त्यस्तो हुन दिन्छौँ ।’
ओलीले आफ्नो सरकारले विदेश सम्बन्ध र अन्तर्राष्ट्रिय आयामहरूमा राष्ट्रिय हितलाई सर्वोपरि राखेको र कुनै पनि देशको दबाबमा नपरी स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण