सामाजिक सञ्जाल बन्दको असर : डाउनलोडको एक नम्बरमा भाइबर
काठमाडौँ । सरकारले बिहीबार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो । इन्टरनेट सेवा प्रदायकहरूले उक्त निर्णय कार्यान्वयन समेत गरिरहेका छन् ।
दर्ता नभएका फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द भएपछि नेपालमा दर्ता भएको सामाजिक सञ्जाल भाइबर व्यापक रूपमा डाउनलोड गरिएको छ । यतिसम्मकी नेपालमा सबैभन्दा बढी भाइबर डाउनलोड हुन पुगेको छ । डाउनलोडको सूचीमा हिजोसम्म ८० भन्दा पछाडि रहेको भाइबर आज एक नम्बरमा पुगेको हो ।
बिहीबारमात्रै सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।
सोही बमोजिम प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्न निर्देशन गरेको थियो ।
योसँगै फेसबुक, ह्वाटसएप, इन्टाग्राम लगायतका सामाजिक सञ्जाल निष्क्रिय भएका छन् ।
सरकारले सामाजिक सञ्जाल सूचीकरण गर्न अन्तिमपटक दिएको एक साताको समय बुधबार (भदौ १८) सकिएको थियो।
मन्त्रिपरिषद्को निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत बिहीबार (भदौ १२ गते) सूचना जारी गर्दै नेपालमा प्रयोग हुने सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन आग्रह गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण