रामहरि संसदीय समिति सभापति भएपछि रास्वपा– लोकतान्त्रिक मूल्य र मान्यतामा आघात पुग्यो, नियुक्ति स्थगित गरियोस्
सारांश
- रास्वपाले संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाको चयनमा प्रश्न उठाएको छ।
- रास्वपाले खतिवडाको नियुक्ति प्रक्रियाले संसदको नैतिक आचरणमा प्रश्न उठाएको जनाएको छ।
- रास्वपाले नैतिकता, पारदर्शिता र सार्वजनिक विश्वासका आधारमा निर्णय लिन आग्रह गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय सुनुवाइ (संयुक्त) को सभापतिमा रामहरि खतिवडा चयनको विषयलाई लिएर प्रश्न उठाएको छ । रास्वपाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यससम्बन्धी संसद् सचिवालयको ध्यानाकर्षण गराएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिमा रहँदा “कुलिङ अफ पिरियड” सम्बन्धी गडबडीबारे मुछिएपछि सभापतिबाट राजीनामा दिएका खतिवडालाई संसदीय सुनुवाइ(संयुक्त) को सभापतिमा नियुक्त गर्ने प्रक्रियाले संसद्कै नैतिक आचरणप्रति प्रश्न खडा गरेको रास्वपाले जनाएको छ ।
उच्च जिम्मेवारीको पदमा नियुक्ति प्रक्रियामा नैतिक मापदण्डको पालन गर्न रास्वपाले आग्रह गरेको छ ।
सभामुखलाई सम्बोधन गर्दै रास्वपाका उपनेता विराजभक्त श्रेष्ठद्वारा शुक्रबार हस्ताक्षरित पत्रमा भनिएको छ,'नैतिकता र पारदर्शिता लोकतान्त्रिक प्रणालीका मूल आधार हुन् । संसद्को जिम्मेवारी भनेकै सदन र समितिहरूलाई जनताले विश्वास गर्ने संस्थाको रूपमा स्थापित गर्नु हो । तर, विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुनः उच्च ओहदाको जिम्मेवारी दिने कार्यले संसद्को गरिमा मात्र नभई सम्पूर्ण लोकतान्त्रिक मूल्य र मान्यतामा आघात पुर्याएको अवस्था छ ।'
यस्तो संवेदनशील पदमा नियुक्ति गर्दा नैतिक मापदण्ड, सार्वजनिक विश्वास र पारदर्शिताको आधारमा निर्णय गर्न र निजको नियुक्ति प्रक्रिया तत्काल स्थगित गर्न आग्रह समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण