बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

१२ वर्षपछि कन्जुरिङ फ्रान्चाइजी अन्त्य हुँदै, ‘लास्ट राइट्स’ अन्तिम कथा हुने

शनिबार, २१ भदौ २०८२, १२ : ४५
शनिबार, २१ भदौ २०८२

सारांश

  • हलिउडको चर्चित हरर फिल्म शृंखला 'द कन्जुरिङ' अब अन्तिम चरणमा पुगेको छ, जसलाई माइकल चाभ्सले निर्देशन गर्दैछन्।
  • यो फिल्म वास्तविक स्मुरल केसमा आधारित छ र एड र लोरेन वारेनको अन्तिम कथा हुनेछ, जसले दर्शकलाई भावनात्मक बनाउने अपेक्षा गरिएको छ।
  • फिल्ममा वारेन दम्पतीको छोरी जुडी वारेनको भूमिकालाई विशेष रूपमा देखाइनेछ र यो वारेनको पहिलो केससँग जोडिएको पुरानो ऐनाको कथामा आधारित छ।
00:00 / NaN:NaN
Audio By AI

लन्डन। हलिउडको सबैभन्दा लोकप्रिय हरर फिल्म शृङ्खला ‘द कन्जुरिङ’ अब अन्तिम चरणमा पुगेको छ। जेम्स वान र पिटर स्याफ्रानले १२ वर्षअघि सुरु गरेको यो फ्रान्चाइजीको अन्तिम भाग द कन्जुरिङ: लास्ट राइट्स निर्देशक माइकल चाभ्सले पर्दामा ल्याउँदैछन्।

फिल्म वास्तविक स्मुरल केस (१९७४–१९८९) मा आधारित छ, जसमा पेन्सिलभेनियाको एक परिवारले अलौकिक घटनाको सामना गरेको थियो। यो एड र लोरेन वारेनको अन्तिम कथा हुनेछ—जसको अनुसन्धानबाट नै कन्जुरिङ युनिभर्स जन्मिएको हो।

निर्माता पिटर स्याफ्रान भन्छन्, ‘हामी चाहन्थ्यौं कि यो फिल्मले दर्शकलाई डर मात्र होइन, भावनाले पनि छोओस्। यही हो कन्जुरिङ को विशेषता।’ निर्देशक माइकल चाभ्सले यसलाई वारेन दम्पतीको यात्रा समाप्ति भएको भन्दै भावनात्मक अन्त्य दिने प्रयास गरिएको बताए।

जेम्स वान भन्छन्, ‘कन्जुरिङ युनिभर्सले मलाई साथीहरू दियो, जो अहिले परिवार जस्तै छन्। भेरा फार्मिगा र प्याट्रिक विल्सन बिना यो सम्भव हुने थिएन।’

लोरेनको भूमिकामा रहेकी भेरा फार्मिगा भन्छिन्, ‘१२ वर्षको यात्रा निकै भावनात्मक रह्यो। अन्तिम फिल्म मेरो लागि विशेष हुनेछ।’

एड वारेन बनेका प्याट्रिक विल्सन का अनुसार, यो सफलता फ्यानहरूको उपहार हो । उनले भने, ‘पहिलो फिल्मको बेला हामीले कल्पना पनि गरेका थिएनौं कि १२ वर्षपछि ९ वटा फिल्मसम्म पुग्नेछौं।’

यस पटक वारेनकी छोरी जुडी वारेन (मिया टमलिन्सन) कथाको केन्द्रमा रहनेछिन्। जुडीको प्रेमी टोनी (बेन हार्डी) सहित उनको चरित्र पहिलो पटक गहिरो रूपमा देखाइनेछ। 

कथा वारेनको पहिलो केससँग जोडिएको पुरानो ऐना वरिपरि घुम्छ, जसमा तीन बच्चाको अनुहार कुँदिएको छ। निर्देशकका अनुसार, “ऐनाले आमाबाबु र सन्तानबीचको सम्बन्धलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ।”

अब, कन्जुरिङ फ्रान्चाइजी अन्त्य हुँदै गर्दा निर्माण टोली र कलाकारहरू भावुक भएका छन्। जेम्स वानका शब्दमा, ‘हरेक राम्रो कुराको अन्त्य हुन्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप