बंगलादेशविरुद्ध नेपाल : हालसम्मको नतिजामा को बलियो ?
सारांश
- नेपाली फुटबल टोली फिफा वरीयतामा एक स्थान झरेर १७१ औँ स्थानमा पुगेको छ।
- नेपालले बङ्गलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ, जसका लागि टिकट दर तोकिएको छ।
- अन्तर्राष्ट्रिय खेलमा बङ्गलादेश बलियो देखिए पनि, नेपालले घरेलु मैदानमा जित निकाल्ने योजना बनाएको छ।
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरीयताको १७१ औँ स्थानमा छ । विश्व फुटबलमा धेरै तल भएको टोली भर्खरै मात्र एक स्थान घटेर १७१ मा पुगेको हो ।
नेपाली टोलीले अन्तर्राष्ट्रिय फुटबलमा पनि आफूले सोचेको प्रभाव पार्न सकेको छैन । त्यसैले पनि नेपालको फुटबल क्रेजमा केही कमी पक्कै आएको देख्न सकिन्छ ।
नेपालले आज र भदौ २४ गते दशरथ रङ्गशालामा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ । दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट दर पनि तोकेको छ ।
जस अनुसार नेपालको खेल हेर्न भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५०० रुपैयाँ तिर्नुपर्नेछ । समर्थहरू समर्थकहरू नेपाली टोलीको सहज जितको अपेक्षामा हुनेछन् ।
हालसम्मको नतिजा हेर्दा नेपाली टोली निकै कमजोर छ । तर फिफाको वरीयतामा हेर्दा बङ्गलादेश नेपाल भन्दा ८ स्थान तल छ । नेपालले बङ्गलादेशसँग २४ खेल खेल्दा ८ खेलमा जित निकालेको छ । त्यस्तै १३ खेलमा पराजितको नजिता भोगेको छ भने तीन खेल बराबरीमा सकिएका छन् ।
यसरी यो नतिजा हेर्दा नेपाली टोली धेरै कमजोर छ । नेपालले बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चार खेल खेलेको छ । जसमा नेपालले एक खेलमा जित निकालेको छ भने बङ्गलादेशको हातमा एक जित छ । दुई खेल भने दुवै टोलीले बराबरी खेल्न बाध्य भए ।
सन् २०१३ को एएफसी एसियन कपमा नेपाल बङ्गलादेशसँग २–० गोलले पराजित भएको थियो । त्यसै एसियन गेम्समा नेपाल बङ्गलादेशसँग १–० गोलले पराजित भएको थियो ।
दक्षिण एसियाली खेलकुद (साग) गेम्समा भने कूल ७ खेल हुँदा ४ खेलमा बङ्गलादेशले जित हात पारेको छ भने ३ खेलमा नेपालले जित हात पारेको छ ।
साग फुटलमा तीन जना खेलाडी सिनियर टोलीको राख्ने र अन्य खेलाडी यू–२३ को राख्ने चलन छ । त्यसैले पनि नेपालले यो प्रतियोगितामा सोचे जस्तो राम्रो गर्न सकेन ।
यता साफ फुटबलमा पनि बङ्गलादेशको पकट नै छ । बङ्गलादेशले साफ फुटलमा नेपालसँग भएको कूल ८ खेलमा चार खेलमा जितको नतिजा निकालेको छ । जसमा एक खेल भने बराबरीमा सकिएको थियो ।
नेपालले भने साग फुटबलमा ३ खेलमा जित निकालेको छ । थ्री नेसन्स कपमा भएको एक खेलमा भने बङ्गलादेशमाथि नेपालले जित हात पारेको थियो । उक्त खेलमा नेपालले २–१ गोलको जित निकालेको थियो ।
मेर्डेका प्रतियोगितामा पनि नेपालले हारको नतिजा ब्यहोर्नु परेको थियो । मलेसियामा हुने उक्त प्रतियोगितामा नेपाल बङ्गलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
यसरी अन्तर्राष्ट्रिय प्रतियोगितामा हेर्दा बङ्गलादेश धेरै पटक नेपालका लागि बलियो टोली सावित भएको छ । यो पटक भने नेपाल बङ्गलादेशलाई कमजोर बनाउने योजनामा छ । यदि नेपालले बङ्गलादेशलाई घरेलु मैदानमा हुने दुई मैत्रीपूर्ण खेलमा हराउन सकेमा नेपालका लागि ठुलो उपलब्धि हुने कुरामा दुई मत छैन ।
त्यसैले पनि नेपाली टोली यो मैत्रीपूर्ण खेलका लागि राम्रो तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण