भट्टराईको संयोजकत्वमा समसामयिक राजनीतिक प्रस्ताव लेखन समिति गठन
सारांश
- एमालेको दोस्रो विधान महाधिवेशनको राजनीतिक प्रस्ताव लेखनका लागि योगेश भट्टराईको संयोजकत्वमा समिति गठन गरियो।
- समितिमा राजेन्द्र गौतम, ज्वाला साह, ईश्वरी रिजाल, उषाकला राई, सृजना काफ्ले र माधव ढुङ्गेल सदस्य रहेका छन्।
- समितिले मुलुकको समसामयिक विषयमा महाधिवेशनको धारणा बनाउनेछ ।
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव लेखनका लागि पार्टीका सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।
आज सुरु भएको महाधिवेशनको बन्दसत्रमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको संयोजकत्वमा सात सदस्यीय लेखन समिति गठन गरिएको घोषणा गरे ।
समितिको अन्य सदस्यमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल,केन्द्रीय सदस्यहरु उषाकला राई,सृजना काफ्ले र माधव ढुङ्गेल रहेका छन् ।
समितिले मुलुकको समसामयिक राजनीतिक,आर्थिक,सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारणा तय गर्ने संयोजक सचिव भट्टराईले बताए । एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण