निजामती कर्मचारी दिवसमा ५० जना कर्मचारी सम्मानित
सारांश
- निजामती कर्मचारी दिवसमा चन्द्रलोक प्रतिष्ठानले ५० जनाभन्दा बढी निजामती कर्मचारीलाई सम्मान गरेको छ।
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिन्।
- विभिन्न विभाग र कार्यालयका उपसचिव, निर्देशक, र अधिकृतहरू सम्मानित हुनेहरूमा परेका छन्।
काठमाडौँ । निजामती कर्मचारी दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानले ५० जनाभन्दा बढी निजामती कर्मचारीलाई सम्मान गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सम्मान गरेकी हुन्।
सम्मानित हुनेहरूमा विद्युत् विकास विभागका उपसचिव बद्री कुइँकेल, चन्द्रागिरि नगरपालिकाका शिक्षा निर्देशक सुजनराज खनाल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी उपसचिव निर्मला थापा, र यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव लगायतका कर्मचारी रहेका छन्।
त्यसैगरी, मालपोत कार्यालय साँखुका प्रमुख मालपोत अधिकृत (उपसचिव) कुमारबहादुर खड्का, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलवाई, बूढानीलकण्ठ नगरपालिकाका उपनिर्देशक गोपालप्रसाद पोखरेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका उपसचिव वीरबल अधिकारी, र डिभिजन वन कार्यालय सुनसरीका डिभिजनल वन अधिकृत खुद्रस मिर्या पनि सम्मानित भएका छन्।
यसका साथै, अर्थ मन्त्रालयका शाखा अधिकृत रामप्रसाद रेग्मी, नापी कार्यालय साँखुका अधिकृत भानुभक्त भट्ट, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना धनुषाका इञ्जिनियर रुपनारायण यादव लगायतका कर्मचारीहरू पनि सम्मानित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण