गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन
सारांश
- गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको अवलोकन गरे।
- बाढीले जोबगुढा नदीको बाँध भत्किएर ५७ घर डुबानमा परेका थिए, जसले १५० भन्दा बढी नागरिक विस्थापित भए।
- गृहमन्त्रीले जोगबुढा नदीबाट बस्ती जोगाउन तटबन्ध निर्माणका लागि बजेट विनियोजन भएको बताए।
कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले शनिबार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
यसै साता आएको बाढीले जोबगुढा नदीको बाँध भत्किएर बस्ती बाढी पस्दा दोधारा चाँदनी नगरपालिकाका पटराखल्ला, सुन्दरबस्ती रामपुरे टापु र जर्गाका ५७ घर डुबानमा परेका थिए भने एक सय ५० बढी नागरिक विस्थापित भएका थिए । उक्त बाँध भत्किएको क्षेत्रको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले जोगबुढा नदीबाट बस्ती जोगाउन चालु आर्थिक वर्षमा तटबन्ध निर्माण गर्ने गरी बजेट विनियोजन भइसकेको जानकारी दिए ।
“महाकाली र जोगबुढा नदीको बाढी र डुबानका कारण दोधारा चाँदनीमा हरेक वर्ष प्रभावित हुँदै आएको छ”, उनले भने, “बाढीबाट दोधारा चाँदनी जोगाउनका लागि महाकाली र जोगबुढा नदीका अधिकांश स्थानमा तटबन्ध निर्माण भइसकेको छ, बाँकी रहेका ठाउँमा पनि तटबन्ध निर्माण गर्न बजेट विनियोजन भएकाले चालु आवभित्र काम हुन्छ ।” कुनै बेला आकाशमा बादल देख्ने बित्तिकै बाढीको त्रासमा बस्नुपर्ने यहाँका बासिन्दा अहिले तटीय क्षेत्रमा बाँध बनेपछि सुरक्षित बनेका गृहमन्त्री लेखको भनाइ छ ।
यसैबिच, गृहमन्त्री लेखकसँग बाढी विस्थापित नागरिकले गृहमन्त्री लेखकसँग सरकारले राहतभन्दा पनि बस्ती जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने माग गरेका छन् । जोगबुढा नदीको बाढीले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलका २५ घर डुबानमा परेका छन् । त्यसैगरी दोधारा चाँदनी–३ स्थित पटराखल्लाका १५ घर र दुई वटा सशस्त्र प्रहरीका बिओपीसमेत विस्थापित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण