शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

दिवंगत जोटालाई समर्पित खेलमा पोर्चुगलको शानदार जित, रोनाल्डोका दुई गोल

आइतबार, २२ भदौ २०८२, ०७ : १७
आइतबार, २२ भदौ २०८२

सारांश

  • पोर्चुगलले विश्वकप छनोटमा आर्मेनियालाई ५-० ले पराजित गर्यो।
  • खेल सुरु हुनुअघि डिएगो जोटा र उनका भाइको सम्झनामा मौन धारण गरियो।
  • क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे, अन्तर्राष्ट्रिय गोल संख्या १४० पुर्याए।

लिसबन । पोर्चुगलले विश्वकप छनोटको खेलमा आर्मेनियामाथि ५–० को शानदार जित दर्ता गरेको छ। जुलाईमा कार दुर्घटनामा निधन भएका डिएगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको सम्झनामा खेल सुरु हुनु अघि एक मिनेट मौनधारण गरिएको थियो।

खेलको १०औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। त्यसपछि २१औँ मिनेटमा ४० वर्षीय क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गर्दै स्कोरलाई २–० बनाए। संयोगवश, जोटाले पोर्चुगलका लागि लगाउने नम्बर २१ नै थियो।

डिफेन्डर नुनो तावारेसले भने, ‘हामी सबै खुसी छौँ, किनकि यसले देखाउँछ जोटा हाम्रो साथमै छन्। रोनाल्डोको गोल त्यसको प्रतीक बन्यो। उनी सधैँ हामीसँगै रहनेछन्।’

जोआओ कान्सेलोले तेस्रो गोल थपेपछि रोनाल्डोले आफ्नो दोस्रो गोल गर्दै अन्तर्राष्ट्रिय गोल सङ्ख्या १४० पुर्‍याए। खेलको ६१औँ मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ५–० को ठुलो जित दिलाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप