गुजरातमा रोपवेको केबल भाँचिदा ६ जनाको मृत्यु
सारांश
- भारतको गुजरातमा रोपवेको केबल चुँडिदा ६ जनाको मृत्यु भएको छ।
- पञ्चमहलका आवासीय अतिरिक्त कलेक्टरका अनुसार सामान बोकेको लिफ्ट दुर्घटनाग्रस्त भएको थियो।
- दुर्घटनापछि, भक्तजनहरूको लागि पनि रोपवे सेवा बन्द गरिएको छ।
नयाँ दिल्ली । भारतको गुजरात राज्यको पञ्चमहल जिल्लाको पावागढ यात्रा मार्गमा रोपवेको केबल भाँचिदा ६ जनाको मृत्यु भएको छ । यो घटना शनिबार दिउँसो ३ बजेतिर भएको भन्दै बीबीसी हिन्दीले आइतबार सामाचार छापेको छ ।
सामान बोकेको लिफ्ट दुर्घटनाग्रस्त भएको पञ्चमहलका आवासीय अतिरिक्त कलेक्टर जेजे पटेलले बताए । यसका कारण छ जनाको मृत्यु भएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको पनि पटेलले बताए ।
निर्माण सामग्री बोकेको ट्रलीको तार भाँचिँदा दुर्घटना भएको बीबीसी गुजराती सेवा संवाददाता दक्षेश शाहले बताएका छन् । सामान बोकेको रोपवे भक्तजनहरूको आवतजावत गर्ने रोपवेभन्दा फरक हुन्छ । दुर्घटनापछि, अर्को सूचना जारी नभएसम्म भक्तजनहरूको लागि पनि रोपवे सेवा बन्द गरिएको छ ।
शाहका अनुसार, ‘सामान मर्मतका लागि लैजाँदै गर्दा रोपवेको तार भाँचियो र क्याबिन तल खस्यो । क्याबिनको भग्नावशेष तल तालमा खसेको छ ।’ पावागढमा रहेको महाकाली माताको मन्दिर हिन्दुहरूको आस्थाको केन्द्र हो ।
यो ५२ शक्ति पीठहरू मध्ये एक हो । प्रत्येक वर्ष लाखौं भक्तजनहरू यस मन्दिरको दर्शन गर्न आउँछन् । नवरात्रको समयमा यहाँ ठुलो भीड लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण