काठमाडौँसहित विभिन्न स्थानमा ४ जना मृत फेला
आइतबार, २२ भदौ २०८२, १२ : ०१
सारांश
- काठमाडौँसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
- काठमाडौँ, बारा र सप्तरीमा महिला र कास्कीमा एक युवक मृत फेला परेका हुन्।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- काठमाडौँ महानगरपालिका-१८ नरदेवी बस्ने ६७ वर्षीया जुलुमदेवी श्रेष्ठ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१७ सहजनाथ साझेदारी वनको कुलोमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- सप्तरीको शम्भुनाथ नगरपालिका-७ भंगाहास्थित देवधार खोलाको किनारामा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- कास्कीको पोखरा महानगरपालिका-१५ पटनेरीस्थित हेग्रन लाइफ स्टफ कृषि फर्ममा काम गर्ने रामेछाप चिसापानी घर भएका १९ वर्षीय निर्मल खत्री सोही फर्मको गोबर सङ्कलन गर्ने खाल्डोमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण