निजामती सेवा देशको शासन प्रणालीको मेरुदण्ड : मुख्यसचिव अर्याल
सारांश
- मुख्य सचिव एकनारायण अर्यालले निजामती सेवा देशको शासन प्रणालीको मेरुदण्ड भएको बताए।
- निजामती सेवा दिवसमा अर्यालले कर्मचारीको जिम्मेवारी र समर्पणको भावनालाई बलियो बनाउने बताए।
- उनले डिजिटल सेवातर्फ अघि बढ्नुपर्ने र निजामती कर्मचारीको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे।
काठमाडौँ । सरकारका मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवालाई देशको शासन प्रणालीको मेरुदण्ड भएको बताएका छन्।
निजामती सेवा दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्यालले निजामती सेवा दिवसले कर्मचारीहरूलाई नागरिक र राष्ट्रप्रतिको जिम्मेवारी, जबाफदेही र समर्पणको भावनालाई थप बलियो बनाएको बताएका हुन् ।
सार्वजनिक सेवा प्रवाह, सुशासन र विकासका साथै सरकारका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नमा निजामती संयन्त्रको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो।
मुख्यसचिव अर्यालले कठिन परिस्थिति र चुनौतीपूर्ण समयमा पनि निजामती प्रशासन सक्षम रहेको स्पष्ट पारे। उनले अब 'अड्डा र कागजमुखी' प्रणालीबाट बाहिर निस्केर सूचना प्रविधिको प्रयोग गरी डिजिटल सेवातर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए।
उनले देशले हालसम्म प्राप्त गरेका आर्थिक, सामाजिक र भौतिक प्रगतिमा पनि निजामती कर्मचारीहरूको उल्लेख्य योगदान रहेको दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण