एमालेको भावी नेतृत्वमा ओली निर्विकल्प भन्ने प्रतिनिधिहरू सर्वसम्मत जस्तै छन् : गौतम
सारांश
- एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशनबारे गलत प्रचार गरिएकोमा आपत्ति जनाए।
- समूहगत छलफलमा अधिकांश नेताहरूले पार्टीको नेतृत्वका लागि केपी शर्मा ओलीको विकल्प नभएको बताए।
- विभिन्न प्रदेशका नेताहरूले लिपुलेक मुद्दा र पार्टीको आगामी नेतृत्वबारे धारणा राखे।
काठमाडौँ । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले केही सञ्चारमाध्यममा दोस्रो विधान महाधिवेशन सम्बन्धी अनर्गल प्रचार गरिएकोमा आपत्ति जनाएका छन् ।
महाधिवेशनको तेस्रो दिन समूहगत छलफलको प्रतिवेदन पेस गरेका समूहगत नेताहरूको भनाई सार्वजनिक गर्ने क्रममा प्रमुख गौतमले विधान संशोधनको मुख्य विषय उमेरहद र दुई कार्यकालको विषयलाई केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको बताएका हुन् ।
सात वटै भूगोल प्रदेशसहित दशवटै समूहका नेताहरूले भावी पार्टी नेतृत्व अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको भनी प्रतिवेदन पेस गरेको बताए ।
‘सात भूगोल र तीन गैर भूगोल समूहका नेताहरूले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दसत्रमा प्रतिवेदन पेस गरिसक्नु भयो । दशवटै समूह नेताहरूले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संवैधानिक नियुक्ति पाएकालाई समेत पार्टीमा फर्किनु दिनु हुँदैन भन्ने विधानमै व्यवस्था गर्नुपर्छ भन्ने सुझाव दिनुभएको छ’,आइतबार दिउँसो मिडिया ब्रिफिङ गर्दै गौतमले भनेका छन् ।
सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीको भनाई उद्धृत गर्दै गौतमले लिपुलेकको भूगोल सुदूरपश्चिममै पर्ने र त्यसको असर पनि त्यहीँका जनतालाई पर्ने भएकाले हिजोका दिनमा लिपुलेकको मुद्दा प्रेमसिं धामीले राष्ट्रियकरण गरेको र अहिले अध्यक्ष केपी शर्मा ओलीले चीन र भारतसँग लिएको अडानबाट यसको अन्तर्राष्ट्रियकरण भएको बताए ।
त्यसैगरी कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाहले नेतृत्वलाई थप स्थापित गर्ने समय भएकाले पार्टी भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीकै निरन्तरता हुने बताएको गौतमको भनाइ छ । लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताएको गौतमले जानकारी दिए ।
गौतमका अनुसार गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई गन्तव्यमा पुर्याउन प्रतिवेदनहरूले प्रस्ट दिशा निर्देश गरेको बताएका थिए ।
बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले समर्थन गरेको र केही मत हटाउनु हुँदैन भन्ने सुझाव आएको भनी तथ्य दिएको प्रस्टीकरण गौतमको छ ।
मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै पार्टीको नेतृत्व दिनुपर्ने धारणा राखेको भन्दै गौतमले कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलद्वारा पेस विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरेको बताए । गैर भूगोलका शिव अधिकारी, चूडामणि जङ्गली र भक्त गुरुङले आ–आफ्नो प्रतिवेदन पेस गरेको जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण