आयोगले औँल्यायो एमाले भित्रका विसंगति, नेताहरूको जीवनशैली ‘ग्ल्यामर’ र खर्चालु
सारांश
- एमालेको अनुशासन आयोगले नेता कार्यकर्ताको जीवनशैलीमाथि प्रश्न उठाएको छ।
- आयोगका अनुसार व्यक्तिगत लाभ र अवसरको आशक्ति लोकतान्त्रिक मूल्य र सार्वजनिक हितको विपरीत छ।
- आयोगले सार्वजनिक जीवनका आकर्षणले नेताहरूको जीवनशैली खर्चालु भएको जनाएको छ।
काठमाडौँ । नेकपा एमालेको अनुशासन आयोगले कतिपय नेता कार्यकर्ताको जीवनशैली प्रति प्रश्न उठाएको छ । अनुशासन आयोगका अध्यक्ष केशव बडालले दोस्रो विधान महाधिवेशनमा पेस गरेको आफ्नो प्रतिवेदनमा व्यक्तिगत लाभ र अवसरको आशक्ति राजनीतिक क्षेत्रमा समस्याका रूपमा देखिएको भन्दै यो प्रवृत्ति लोकतान्त्रिक मूल्य र सार्वजनिक हितको विपरीत भएको उल्लेख छ ।
साथै त्यस्तै प्रवृत्तिले अन्ततः राज्य, समाज र पार्टीलाई नकारात्मक असर गर्ने गरेको आयोगले जनाएको छ ।
‘यस्तो अनुचित आशक्तिको कारणले सार्वजनिक क्षेत्रमा रहेका नेताहरूप्रति आम जनतामा नकारात्मक धारणा बनिरहेको छ’, प्रतिवेदनमा भनिएको छ- ‘यसले गर्दा नेताहरूको सार्वजनिक जीवन विवादित बनिरहेको अवस्था छ । साथै सार्वजनिक जीवनका आकर्षण (ग्ल्यामर) ले कतिपय नेताहरूको जीवनशैली बदलिएको र खर्चालु भएको अवस्था पनि छ ।’
त्यस्तै प्रतिवेदनमा विचार र आचरणमा समस्या, पार्टी जीवनमा सांगठानिक अराजकता चुनौतीका रूपमा रहेको पनि उल्लेख छ । आयोगले कतिपय नेताहरूका आफ्ना निहित स्वार्थहरू पुरा नहुँदा तिनीहरू कुण्ठाका रूपमा रहने गरेको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण