बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पाकिस्तान र अफगानिस्तानबिचको त्रिदेशीय सिरिजको फाइनल आज

आइतबार, २२ भदौ २०८२, १४ : ३४
आइतबार, २२ भदौ २०८२

सारांश

  • पाकिस्तान र अफगानिस्तानबीचको त्रिदेशीय सिरिजको फाइनल खेल आज हुँदैछ।
  • खेल शारजाह क्रिकेट स्टेडियममा नेपाली समयअनुसार राति ८:३० बजे सुरु हुनेछ।
  • दुवै टोलीले चारमध्ये तीन-तीन खेल जितेर फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

काठमाडौँ । पाकिस्तान र अफगानिस्तानबिचको त्रिदेशीय सिरिजको फाइनल खेल आज हुँदैछ। यो खेल शारजाह क्रिकेट स्टेडियममा नेपाली समयअनुसार राति ८ः३० बजे सुरु हुनेछ।

दुवै टोलीले चारमध्ये तीन-तीन खेल जितेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। यो सिरिजमा पाकिस्तान, अफगानिस्तान र युएई सहभागी थिए। दुवै टोलीका लागि यो खेल आगामी सेप्टेम्बर ९ देखि सुरु हुने एसिया कप २०२५ अघिको महत्त्वपूर्ण तयारी हो।

आजको फाइनल खेलमा दुई टोलीबिच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ, किनभने यस सिरिजमा दुवैले एक-अर्कालाई हराएका थिए। दुवै टोली उपाधि जितेर उच्च मनोबलका साथ एसिया कपमा प्रवेश गर्न चाहन्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप