मधेसमा पछिल्लो २४ घण्टामा थप ३६ जनामा हैजाकाे सङ्क्रमण पुष्टि
सारांश
- मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा ३६ जना हैजाका नयाँ बिरामी फेला परेका छन्।
- मधेसमा हालसम्म १ हजार ११७ जनामा हैजा पुष्टि भएको छ भने ८३ जना सक्रिय बिरामी छन्।
- पानीको गुणस्तर निगरानीका साथै विद्यालयहरूलाई पानी शुद्ध पार्न सल्लाह दिइएको छ।
काठमाडौँ । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३६ जना हैजाका नयाँ बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार योसहित मधेसमा हालसम्म १ हजार ११७ जनामा हैजा पुष्टि भएको छ ।
महाशाखाका अनुसार हाल सक्रिय बिरामीको सङ्ख्या ८३ मा झरेको छ भने १ हजार ३४ जना निको भइसकेका छन् ।
वीरगन्ज महानगरपालिकाका विभिन्न हटस्पट तथा अन्य क्षेत्रहरूमा खानेपानीको गुणस्तर निगरानी कार्य निरन्तर भइरहेको समेत महाशाखाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय र महानगरपालिकासँगको सहकार्यमा खानेपानीको नियमित परीक्षण भइरहेको हो ।
त्यस्तै, विद्यालयहरूलाई खानेपानीको शुद्धता सुनिश्चित गर्न फ्रि रेसिड्युअल क्लोरिनको स्तर कायम राख्न समेत सल्लाह दिइएको महाशाखाले जनाएको छ । झाडा पखाला तथा हैजाजस्ता रोगहरूबाट बच्न पानी उमालेर वा क्लोरिन प्रयोग गरी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न समेत महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण