दुई वर्षपछि रंगशालामा फर्कियो पुरुष फुटबलको खुसी, तर किन आएनन् दर्शक ?
सारांश
- नेपाली पुरुष फुटबल टोलीले दशरथ रंगशालामा बंगलादेशसँगको खेल बराबरीमा खेल्यो।
- घरेलु मैदानमा दर्शकको कमी र एन्फाको नेतृत्वको कार्यशैलीका कारण दर्शकहरु फुटबलप्रति निराश बने।
- एन्फाले दर्शकको कम उपस्थितिलाई मार्केटिङको कमी र फेसबुकमा कमेन्ट बन्द गरेको कारण मानेको छ।
काठमाडौँ । सन् २०२३ नोभेम्बर २१ पछि पहिलो पटक हिजो (शनिबार) नेपाली पुरुष फुटबल टिम दशरथ रंगशालामा उत्रियो, बंगलादेशविरुद्ध ।
नेपालको घरेलु मैदान यो दुई वर्ष अन्तर्राष्ट्रियस्तरको मापदण्ड नपुगेको भन्दै ‘अयोग्य’ बनेको थियो । यद्यपि महिला टोलीका मैत्रीपूर्ण खेल र थ्री नेसन्स कप भने भएका भए ।
गिर्दो फुटबल साख र खस्कँदो प्रदर्शनको मारमा परेको नेपाली फुटबल टोलीले शनिबार घरेलु मैदानमै भएको खेलमा आफूभन्दा फिफा वरीयता कमजोर टोली बंगलादेशलाई हराउन सकेन, बराबरीमा चित्त बुझाउन बाध्य भयो ।
दुई वर्षपछि दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल उत्रिँदा पनि दर्शकको अपेक्षित साथ पाएन । जसरी यसअघि फुटबल समर्थकहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा रंगशालामा भेला हुन्थे, त्यो अवस्था बंगलादेशविरुद्धको खेलमा देखिएन ।
०००
लामो समयपछि दशरथ रंगशालामा फुटबल फर्किन लागेको र दर्शक भरिभराउ हुने देखेको एन्फाले बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि २० हजार टिकट बिक्री गर्ने योजना बनाएको थियो, जसअनुसार एन्फाले टिकट पनि आफैले वितरण गर्यो ।

दशरथ रंगशालको क्षमता १५ हजार हो । एन्फाले त्यसमा आफ्नो पास पनि छुट्याएर दर्शकहरूका लागि १० हजार टिकट बेच्ने भनेको थियो, तर शनिबारको खेलमा पाँच हजार दर्शक पनि आएनन् । जहाँ एन्फा आफैले भीआईपी र साधारण गरी १२ सय वटा पास बाँडेको थियो ।
महिला फुटबलमा दर्शकको घुइँचो हुने दशरथ रंगशाल बंगलादेशविरुद्धको पुरुष फुटबल खेल चलिरहँदा भने ‘सुनसान’ जस्तै देखियो । २०८१ कात्तिकमा यही रंगशालामा महिलातर्फतको साफ च्याम्पियनसिपको सातौँ संस्करण भएको थियो, जहाँ उपाधि होडमा नेपाली टोली बंगलादेशसँग चुकेको थियो । यसै प्रतियोगितामा एन्फालाई दर्शकको व्यवस्थापन गर्न हम्मेहम्मे परेको देखिएको थियो । उक्त समय दर्शक व्यवस्थापन गर्न नसकेको भन्दै एन्फाको आलोचना पनि भएको थियो ।
उक्त प्रतियोगितामा भारतविरुद्ध भएको सेमिफाइनलमा त १८ हजारभन्दा धेरै दर्शक उपस्थित भएका एन्फाले बताएको थियो । सोही वर्षको असार २६ देखि साउन १० सम्म भएको चार देश सम्मिलित महिला फुटबल यही रंगशालामा भएको थियो ।
_alx324btb2_4EQ11t6pyv.jpg)
जसका कारण दर्शकहरूको सुरक्षालाई ध्यानमा राख्दै एन्फाले फाइनलमा टिकट संख्या घटाएको पनि थियो । त्यो नेपाली फुटबलका लागि खुसीको क्षण थियो । त्यसयता भने नेपाली पुरुष फुटबल टोलीले समर्थकहरूको घुँइचो देख्न पाएको छैन, जुन अवस्था शनिबार पनि देखियो ।
फुटबलका समर्थक किन घटे ?
घरेलु फुटबल प्रतियोगिता नभएको लामो समय भयो, यस्तो अवस्थामा फुटबल समर्थकहरूको ध्यान अन्तर्राष्ट्रिय प्रतियोगितामा केन्द्रित हुने गर्छ । विश्वकप छनोटजस्ता ठुला खेलहरू पनि घरेलु मैदानमा हुन नसक्दा नेपाली समर्थकहरू निराश छन् ।
त्यसमाथि एन्फा नेतृत्वको कार्यशैलीमा प्रश्न उठाउँदै दर्शकहरूले फुटबल नै बहिष्कारसम्मको अभियान नै चलाए । जसको प्रभावस्वरूप एन्फाले समाजिक सञ्जालमा (फेसबुक) मा कमेन्ट नै गर्न नसक्ने बनाइदियो ।
यी सबै अवस्थाको कारण एन्फा नेतृत्व र घरेलु फुटबल चलायमान नहुनु भएको नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाको बुझाइ छ । जसले गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपाली फुटबलले सफलता पाउन नसकेको उनले बताए ।

‘घरेलु फुटबल प्रतियोगिता नहुँदा नेपाली समर्थक निराश छन्, एन्फा नेतृत्वको आलोचना भइरहेको छ,’ लामा भन्छन्, ‘नेपाली फुटबलप्रति समर्थकहरूमा कुनै पनि सकारात्मक परिवर्तन आउन सकेन, त्यसैले दर्शक उपस्थित भएनन् ।’
दुई वर्षयता घरेलु फुटबल प्रतियोगिता शून्य बराबर नै छ । त्यसैको असर अहिले एन्फाले हरेक क्षेत्रमा भोग्नुपरेको छ । समर्थकहरूले त रंगशालमा फुटबल हेर्न नजान क्याम्पियनसमेत चलाइसकेका छन् ।
_gkh4fea64i_BGe7bEfnLa.jpg)
के भन्छ एन्फा ?
एन्फाले दुई महिन भयो, सामाजिक सञ्जालमा कमेन्ट सेक्सन अफ गरेको । कुनै पनि फुटबल समर्थकलाई आफ्ना धारणा राख्नुपरे आफ्नै फेसबुकमा लेख्नुपर्ने बाध्यता छ । दुई वर्षयता घरेलु फुटबल, एडिभिजन लिग गर्न नसकेको एन्फाप्रति समर्थकहरू खनिएका छन् । एन्फालाई झकझक्याउन समर्थकहरू उसको मुख्यालयमै जान तयार भएर बसको छन् ।
तर एन्फा भने दर्शक कम आउनुको मुख्य कारण फुटबलप्रतिको प्रचार अभाव देख्छ । उसले समर्थकहरूको आक्रोश र घरेलु फुटबल गर्न नसकिएको विषयलाई नगण्य मानेको छ । एन्फाका प्रवक्ता सुरेश शाह फुटबलको मार्केटिङ कम भएको र फेसबुक बन्द हुँदा समर्थकहरूलाई जानकारी गराउन नसकिएको हास्यास्पद तर्क गर्छन् ।

उनले नेपालमा घरेलु फुटबल नहुनु र एन्फाले फेसबुकमा समर्थकहरूको धारण बन्देज गर्नुलाई पनि स्वीकार गरे, तर सामान्य रूपमा मात्र ।
_idzvieuzco_EgGH31ztNj.jpg)
_txhuwtk2zr_xXODhsb4zb.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण