जेन्जी आन्दाेलन
भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हाे : रवि लामिछाने
आइतबार, २२ भदौ २०८२, २२ : ५६
सारांश
- रवि लामिछानेले युवा पुस्तालाई भोलिको सडक प्रदर्शनलाई इतिहासको नयाँ सुरुवातको अवसरको रूपमा लिन आग्रह गरे।
- उनले युवाहरूलाई सचेत, विवेकपूर्ण र सक्रिय रहँदै देशको इतिहास बदल्ने शक्ति प्रयोग गर्न आग्रह गरे।
- लामिछानेले नख्खु कारागारबाट युवा पुस्तालाई शुभेच्छा, सद्भाव र ऐक्यबद्धता प्रकट गरे।
काठमाडौँ। सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा रहेका रवि लामिछानेले युवा पुस्तालाई भोलि हुने सडक प्रदर्शनलाई इतिहासको नयाँ सुरुवातको अवसरको रूपमा लिँदै सचेत, विवेकपूर्ण र सक्रिय रहन आह्वान गरेका छन्।
लामिछानेले आइतबार निजी सचिवालयमार्फत जारी गरेको सन्देशमा भनेका छन्, ‘प्रिय जेन्जी, भोलि तपाईँहरू सडकमा ओर्लँदै हुनुहुन्छ। धेरैको लागि यो पहिलो प्रदर्शन हुन सक्छ। शासकहरूले तपाईँहरूसँग विधि र विवेकको शासन दिएनन्, सामाजिक सञ्जालको सानो ठाउँ पनि खोसे। तर तपाईँहरूको विवेक र आवेगसँग देशको इतिहास बदल्ने शक्ति छ।’
उनले थपे, ‘घुसपैठ र उत्तेजना हुनसक्छ, तर विवेक प्रयोग गर्नुस्। तपाईँहरूको आफ्नै इतिहास र देशको इतिहास तपाईँकै हातबाट लेखिँदै छ।’
लामिछानेले नख्खु कारागारबाट युवाप्रति शुभेच्छा, सद्भाव र ऐक्यबद्धता समेत प्रकट गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण