सिनरलाई हराउँदै अल्काराजले जिते यूएस ओपनको उपाधि
सारांश
- कार्लोस अल्काराजले यूएस ओपनको उपाधि जिते, यानिक सिनरलाई फाइनलमा पराजित गर्दै उपाधि हात पारे।
- अल्काराजले दोस्रो पटक युएस ओपनको उपाधि जिते, यसअघि २०२२ मा पनि जितेका थिए।
- अल्काराजले सिनरलाई पछि पार्दै विश्व नम्बर १ को वरीयतामा पुन: फर्किए, यो उनको छैटौँ ग्रान्ड स्ल्याम उपाधि हो।
काठमाडौं । विश्वका दुई शीर्ष टेनिस खेलाडीहरूबीचको प्रतिस्पर्धामा कार्लोस अल्काराजले यूएस ओपनको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा उनले प्रतिद्वन्द्वी यानिक सिनरलाई ६-२, ३-६, ६-१, ६-४ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।
यो जीतसँगै अल्काराजले दोस्रो पटक युएस ओपनको उपाधि जितेका छन् । यसअघि उनले २०२२ मा पनि यो उपाधि जितेका थिए । यो सिजनमा उनले फ्रेन्च ओपनपछि जितेको दोस्रो ग्रान्ड स्ल्याम उपाधि हो ।
खेल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिका कारण सुरक्षा व्यवस्था कडा पारिएकाले आधा घण्टा ढिलो सुरु भएको थियो । खेलको पहिलो सेटमा अल्काराजले आफ्नो बलियो सुरुवात गरे । यद्यपि, दोस्रो सेटमा सिनरले पुनरागमन गर्दै खेललाई बराबरीमा ल्याए । तर, त्यसपछिका दुई सेटमा अल्काराजको उत्कृष्ट प्रदर्शन र खासगरी उनको सपिङ्गको कारण सिनर पराजित हुन पुगे ।
यो जीतसँगै २२ वर्षीय अल्काराजले आफ्नो करियरमा छैटौँ ग्रान्ड स्ल्याम उपाधि जितेका छन् । यस उपलब्धिबाट उनी ब्योर्न बोर्गपछि सबैभन्दा कम उमेरमा छ वटा ग्रान्ड स्ल्याम जित्ने दोस्रो खेलाडी बनेका छन् ।
यस वर्षको चार ग्रान्ड स्ल्याममध्ये अल्काराज र सिनर दुवैले २-२ उपाधि जितेका छन् । सिनरले यस वर्ष अस्ट्रेलियन ओपन र विम्बल्डनको उपाधि जितेका थिए ।
युएस ओपनको उपाधि जितेसँगै अल्काराजले ६५ हप्तासम्म शीर्ष स्थानमा रहेका सिनरलाई पछि पार्दै फेरि विश्व नम्बर १ को वरीयतामा फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण