बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘ओलीले तत्काल राजीनामा गरी समाधानको बाटो खोज्नुपर्छ’

सोमबार, २३ भदौ २०८२, १७ : १२
सोमबार, २३ भदौ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले जेनजीको आन्दोलनमा भएको सरकारी दमनको विरोध गरेका छन् । उनले अब प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा गरी समाधानको बाटो खोज्नुपर्नेमा जोड दिएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘देशमा आगो लाग्यो । ठूलो जनधनको क्षति भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा गरी समाधानको बाटो खोजौँ। अन्यथा हाम्रो मूर्खताको मूल्य धेरै महंगो हुनेछ ।’

जेनजीले राजधानीको बानेश्वर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा १५ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप