जेनजी आन्दोलनको राप: मध्यपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
हजारौँ विद्यार्थी प्रभावित
सारांश
- जेनजी आन्दोलनका कारण मध्यपश्चिम विश्वविद्यालयले मंगलबारदेखि हुने परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।
- स्नातक र स्नातकोत्तर तहका परीक्षाहरू स्थगित गरिएको र हजारौँ विद्यार्थी प्रभावित भएका छन्।
- परीक्षा व्यवस्थापन कार्यालयले अर्को सूचनामार्फत नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको छ।
सुर्खेत। देशभर जेनजी युवाहरूले चालेको आन्दोलनले शैक्षिक क्षेत्रमा प्रभाव पारेको छ। यसैको फलस्वरूप मध्यपश्चिम विश्वविद्यालयले मंगलबारदेखि तय गरिएका सम्पूर्ण परीक्षाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ ।
विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले एक जरुरी सूचनामार्फत स्नातक र स्नातकोत्तर तहका विभिन्न सङ्काय तथा सेमेस्टरका परीक्षाहरू स्थगित गरिएको जनाएको छ।
जेनजी आन्दोलनका कारण उत्पन्न असहज परिस्थिति र सम्भावित अवरोधलाई मध्यनजर गर्दै विश्वविद्यालयले यो निर्णय लिएको जनाएको हो। मंगलबार बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने भनिएका सबै परीक्षाहरू हाललाई स्थगन गरिएको परीक्षा व्यवस्थापन प्रमुखले जानकारी दिएका छन् ।
यसबाट केन्द्रीय विभाग, सङ्काय, आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा अध्ययनरत हजारौँ विद्यार्थीहरू प्रभावित भएका छन् ।
अन्य मितिमा सञ्चालन हुने परीक्षाहरू भने पूर्वनिर्धारित तालिका अनुसार नै यथावत् रहने स्पष्ट पारेको छ।
विद्यार्थीहरूलाई अन्य मितिका परीक्षाहरूका लागि तयारी जारी राख्न र भ्रममा नपर्न आग्रह गरिएको छ।
स्थगित गरिएका परीक्षाहरूको नयाँ तालिका र सञ्चालन मितिबारे विश्वविद्यालयले अर्को सूचनामार्फत जानकारी गराउने जनाएको छ।
विद्यार्थीहरूलाई थप जानकारीका लागि विश्वविद्यालयको आधिकारिक वेबसाइट र सूचना पाटीहरू नियमित रूपमा अवलोकन गर्न सूचित गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण