आज नेपालको इतिहासमा कालो दिन: शर्मा
सोमबार, २३ भदौ २०८२, २१ : ४५
काठमाडौं । जेनजी पुस्ताले अघि बढाएको शान्तिपूर्ण आन्दोलनमा आज भएको प्रहरी दमलाई एनआरएनए अभियन्ता आरके शर्माले 'नेपालको इतिहासमा कालो दिन' भन्दै टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा अनेकौं विद्यार्थी घाइते हुनु र कैयौँले ज्यान गुमाउनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्।
शर्माले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभ र शोकाकुल परिवारलाई धैर्यको शक्ति मिलोस् भन्ने प्रार्थना गरेका छन्। साथै, आन्दोलनरत युवालाई संयमित रहन पनि उनले आग्रह गरेका छन्।
शर्माले हालै मात्र सरकारले सामाजिक सञ्जाल बन्द गरेर आम नेपालीलाई परिवारसँगको सन्चार र भावनात्मक सहानुभूति साट्ने अधिकार खोसेको भन्दै आलोचना समेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण