सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार
सारांश
- सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध फिर्ता लिएको छ, काठमाडौंमा भएको विरोध प्रदर्शनपछि।
- मन्त्री परिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्रीले जानकारी दिए।
- मन्त्रीले प्रधानमन्त्रीको राजीनामा अहिले नआउने र एक्सले नेपालमा दर्ता हुन अस्वीकार गरेको बताए।
काठमाडौँ। चौतर्फी विरोध र सोमबार काठमाडौँमा भएको जेनजीहरुको प्रदर्शनपछि सरकारले सामाजिक सञ्जालहरूमाथि लगाएको प्रतिबन्ध फिर्ता लिएको छ। सोमबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
मन्त्री गुरुङका अनुसार, मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आएको छ।
उनले प्रतिपक्षी दलहरूले सडकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएका विषयमा पनि प्रतिक्रिया दिँदै भने, ‘अहिले प्रधानमन्त्रीको राजीनामा आउँदैन। प्रतिपक्षी दलहरूले अहिले सडकमा बसेर मागेर हुँदैन।’
साथै मन्त्री गुरुङले भ्रष्ट र पारदर्शिता नभएको मुलुकमा दर्ता नगर्ने भन्दै सामाजिक सञ्जाल ‘एक्स’ द्वारा नेपालमा दर्ता हुन अस्वीकार गरेको पनि बताएका छन्।
गत १९ भदौमा सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण