बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

ललितपुरको विभिन्न स्थानमा कर्फ्यु आदेश जारी

मङ्गलबार, २४ भदौ २०८२, ०६ : ५८
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • ललितपुर जिल्ला प्रशासनले जेनजी आन्दोलनलाई मध्यनजर गर्दै मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको छ।
  • कर्फ्यु आदेश स्थानीय प्रशासन ऐन, २०८८ अन्तर्गत बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि जारी गरिएको हो।
  • ललितपुर महानगरपालिकाका केही वडामा आवतजावत, भेला, जुलुस, प्रदर्शन गर्न रोक लगाइएको छ।

काठमाडौँ । जेनजी आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको छ ।  बिहान ७ बजेदेखि रातिको १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०८८ को दफा ६ को बमोजिम ललितपुर जिल्लाको विभिन्न स्थानमा कर्फ्यु लगाइएको हो । 

ललितपुर महानगरपालिका, वडा नं. २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा  कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ । 

वडा नं. ४, ५, १५ र २४ को भैंसेपाटी क्षेत्र, वडा नं. २ सानोपा स्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नं. १ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश लागु हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

542900279_1342988654023824_2567925089438392292_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप