यू-१६ युथ लिगका सम्पूर्ण खेलहरू स्थगित
मङ्गलबार, २४ भदौ २०८२, ०९ : १४
सारांश
- अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१६ युथ लिगका खेलहरू स्थगित गर्यो।
- एन्फाले फेसबुकमार्फत खेल स्थगित भएको जानकारी गराएको छ र नयाँ मिति पछि सार्वजनिक गर्ने बताएको छ।
- संघले यसबाट पर्न गएको असुविधाप्रति क्षमा माग्दै नयाँ तालिकाको लागि आधिकारिक सूचनाको प्रतीक्षा गर्न आग्रह गरेको छ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार हुने भनिएको यू-१६ युथ लिगका सम्पूर्ण खेलहरू स्थगित गरेको छ।
एन्फाले सामाजिक सञ्जाल फेसबुकमार्फत खेल स्थगित भएको जानकारी गराउँदै नयाँ मिति पछि सार्वजनिक गरिने बताएको छ। संघले यसबाट पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।
प्रतियोगितामा सहभागी हुने टिम र खेलाडीहरूलाई खेलको नयाँ तालिकाका लागि एन्फाको आधिकारिक सूचनाको प्रतीक्षा गर्न आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण