शोकमा मंगलबार देशभरका फिल्म हल बन्द
मङ्गलबार, २४ भदौ २०८२, १० : ३९
सारांश
- चलचित्र संघले देशभरका फिल्म हलहरू बन्द गरेको छ।
- प्रहरीको गोलीबाट मृत्यु भएका १९ जनाको शोकमा हल बन्द गरिएको हो।
- संघले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
काठमाडौँ । चलचित्र संघले मंगलबार देशभरका फिल्म हलहरू बन्द गरेको छ । जेनजीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका १९ जनाको शोकमा हल बन्द गरिएका हुन् ।
संघले एक विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको जनाएको छ । संघले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ ।
मुलुकमा १६५ फिल्म हल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण