जेनजी प्रदर्शन : सुदूरपश्चिममा कहाँ–कहाँ आगलागी भयो ?
मङ्गलबार, २४ भदौ २०८२, १५ : १२
काठमाडौँ । धनगढीमा मुख्यमन्त्रीको कार्यालय देखि मन्त्रालयमा आगजनी भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेश सभा भवन पनि जलाइएको छ । धनगढीमा रहेका नेकपा एमालेको जिल्ला र प्रदेश पार्टी कार्यालय, नेपाली कांग्रेसको जिल्ला र प्रदेश पार्टी कार्यालय पनि जलेका छन् ।
यस्तै नेकपा माओवादी पार्टी जिल्ला कार्यालयमा पनि आगजनी भएको छ । कैलालीको लम्किचुहा नगरपालिकामा पनि आगो लगाइएको छ । त्यहाँको कांग्रेसको पार्टी कार्यालयमा पनि आगलागी भएको छ ।
जिल्लाकै गोदावरी नगरपालिकामा पनि तोडफोड गरिएको छ । नेपाली काङ्ग्रेसकी नेतृ आरजु राणाको घर पनि जलाइएको छ। धनगढीमा कोष तथा लेखा नियन्त्रक कार्यालयका सरकारी गाडीमा पनि आगलागी गरिएको छ ।
यस्तै कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालय र नेता रमेश लेखकको घरमा आगलागी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण